आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

अपांगता भएका बालबालिकालाई समावेशी शिक्षाको अभाव


  • आक्रमण न्युज
  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ४६३ पाठक संख्या
  • पौष ६, २०८१
    चितवन । अपाङ्गता भएका बालबालिका आधारभूत शिक्षामा पहुंँच पुर्याउनु पर्नेमा जोड दिएका छन । उनीहरुको पनि उत्तिकै हक अधिकार रहेको भन्दै जिन्दगी सहज बनाउन आधारभुत शिक्षा हुनुपर्नेमा जोड दिईएको हो ।
    चितवन अटिजम सोसाइटीको आयोजनामा अपाङ्गता समावेशी निकास, समावेशी शिक्षा परियोजनाले भरतपुरमा सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा बोल्दै ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना सुपरभाइजर रमेश बरालले भरतपुर जस्तो ठाउँमा पनि अपांगता भएका बालबालिकालाई समावेशी शिक्षाको अभाव भएको बताउनु भयो । अपाङ्गता भएका बालबालिका साङ्लोमा बाधिएर बस्नुपरेको , परिचयपत्र पाउनबाट बञ्चित हुनुपरेको र विद्यालयको पहुँचबाहिर रहेकोे उहाँको भनाइ थियो । ‘‘अपाङ्गताको परिचयपत्र लिन भरतपुरमै ५ वर्षको उमेरसम्म कुनुपर्छ , डाक्टरले अपाङ्गता भनेर सिफारिस दिदा पनि पाइरहेको अवस्था छैन । यस्ले उहाँहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ । ’ उहाँले भन्नुभयो ।
    परियोजनाले चितवनको भरतपुर र कालिका नगरपालिकामा रहेर कक्षा ८ सम्मको शिक्षाको लागि काम गरिरहेको जानकारी दिदै उहाँले अपाङ्गताका सवाल एउटा व्यक्तिको मात्र नभएर परिवार, समाज र राज्यकै दायित्व भित्र पर्ने बताउनुभयो ।
    नेपालको संविधानको धारा ३१ ले आधारभूत शिक्षा निशुल्क अनिवार्य गरेतापनि अपाङ्गता भएका बालबालिका त्यसबाटत बञ्चित भइरहेको जानकारी दिनुभयो । उनीहरुलाई आधारभुत शिक्षामा पहुंँच पुर्याउन अभिभावक तथा स्थानीय सरकारनै सक्रिय हुनुपर्ने उहांँको भनाई थियो ।
    परियोजनाले भरतपुर र कालिका नगरपालिकामा रहेर समावेशी शिक्षा परियोजना ४६ हजार भन्दा बढी अपाङ्गता भएका बालबालिकाको लागि काम गरेको परियोजना संयोजक शुशिल मगरले जानकारी दिनुभयो । उहांँका अनुसार हालसम्म विद्यालय र बाहिरको सिकाइ प्रभावकारी बनाउन सात सय ८५ जना शिक्षक र दुई हजार हजार भन्दा बढी अभिभावकसँग प्रत्यक्ष जोडिएर काम गरिरहेको छ ।
    परियोजनाले दुईवटा नगरपालिकाका एक सय ४५ विद्यालय र ७ वटा स्रोत विद्यालय र तीन वटा विशेष विद्यालयमा काम गरिरहेको परियोजना प्रमुख मगरले बताउनुभयो । परियोजनाले विद्यालयमा शिक्षकको क्षमता अभिवृद्धि तालिम , शैक्षिक साम्रगी वितरण , घरमा आधारभूत शिक्षा प्रदान लगायतको काम गर्दै आएको छ । परियोजनाले नौ जना घुम्ती शिक्षकको समेत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑