आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती मनाइँदै


  • आक्रमण न्युज
  • २०८१ पौष २१, आईतबार मा प्रकाशित १ साल अघि
  • २४४ पाठक संख्या
  • पौष २१ , २०८१
    काठमाडौँ । गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित हुनुहुन्छ ।
    प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बन्नुभएको हो । गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको थियो । उहाँ निकै शान्त स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो अहित सोच्ने दुश्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्नुहुन्थ्यो । गुरु गोविन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।”
    नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑