कर्णाली। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो ।
मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । त्यसैगरी, ९५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदलयात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस