आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच सम्झौता, थुनुवा र प्रहरीको नि:शुल्क स्वास्थ्य परीक्षण हुने


  • आक्रमण न्युज
  • २०८३ आश्विन १, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • १० पाठक संख्या
  • रौतहट अन १ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण तथा उपचार सेवालाई व्यवस्थित बनाउन वीरगञ्ज हेल्थ केयर प्रालिसँग समझदारी गरेको छ ।

    सम्झौताअनुसार अब प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म वीरगञ्ज हेल्थ केयरका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमै पुगेर थुनुवा तथा प्रहरी कर्मचारीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।

    सम्झौता पत्रमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराई र वीरगञ्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा। अबुल हैस अन्सारीले हस्ताक्षर गरेका छन् । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्ल र अस्पतालकी प्रमुख प्रशासकीय अधिकृत भूमिका अधिकारी रोहवरमा बसेका थिए ।

    समझदारीअनुसार न्यायिक हिरासतमा रहेका अभियुक्तलाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परे दुवै पक्षको समन्वयमा तत्काल नि:शुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

    स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा वीरगञ्ज हेल्थ केयरमा नेपाल सरकार तथा स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

    त्यस्तै, अस्पतालबाट नेपाल सरकारद्वारा सञ्चालित आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम तथा डायलाइसिस सेवा नियमानुसार नि:शुल्क उपलब्ध गराइनेछ ।

    न्युरो, कार्डिएक तथा स्पाइनल इन्जुरीजस्ता गम्भीर रोगको उपचारका लागि विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत नियमानुसार अधिकतम १ लाख रुपैयाँसम्मको उपचार छुट तथा सहुलियत उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा गरिएको छ ।

    संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी नागरिक हकको संरक्षण तथा संवर्द्धन गर्दै हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था चुस्त राख्ने उद्देश्यले सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    एक वर्षका लागि लागू हुने समझदारी दुवै पक्षको सहमतिमा पुन: नवीकरण गर्न सकिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट