आज: २०८३ आश्विन २१, बुधबार | Wed, 07, Oct, 2026

पूर्वप्रधानन्यायाधीश राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा


  • आक्रमण न्युज
  • २०८३ आश्विन २१, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • १० पाठक संख्या
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

    राणाको बाँसबारीस्थित घरमा प्रधानमन्त्री कार्यालय नेतृत्वको सम्पत्ति शुध्दीकरण विभागका प्रहरी र कर्मचारीले अवैध र अकूत सम्पत्ति थुपारिएको आशंकामा छापा मारेको हो ।

    यस्तै, विभागको टोलीले राणाका आफन्तको घरमा समेत छापा मारेको बताइन्छ । स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ ।

    असोज १० गते मध्यरात निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले राणालाई पक्रेर भोलिपल्ट दिउँसो छाडेको थियो ।

    राणालाई भेटेकै आधारमा सरकारले सशस्त्रका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । चोलेन्द्रसँग निकटकताकै आधारमा सरकारले विचौलिया दीपक भट्टलाई काठमाडौंबाट सिन्धुपाल्चोक कारागार सरुवा गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑