आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

बालेन भन्छन् : बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ७, सोमबार मा प्रकाशित २ साल अघि
  • १८९ पाठक संख्या
  • जेष्ठ ७, २०८१
    काठमाडौँ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।
    महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् ।
    बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताएका छन् ।
    उनले भने ( फोहोरको गाडी चलाउने चालकलाई स(सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला ( पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट