आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै


  • आक्रमण न्युज
  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७७८ पाठक संख्या
  • बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् ।
    सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

    बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिले नै क्षतिको यकिन विवरण आइनसकेको प्रवक्ता भट्टराईले बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट