आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

रोटरी क्लब अफ डिल्लिबजार द्वारा प्रहरी वृतलाइ  राहत सामग्री वितरण


  • आक्रमण न्युज
  • २०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ४७४ पाठक संख्या
  • काठमाडौं । रोटरीक्लब अफ डिल्लिबजार–काठमाडौंले अनामनगर प्रहरी वृत्त कार्यालयलाई विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ। हाल प्रहरी कार्यालय धोस्त भई सुरक्षाकर्मीहरूलाई खानबस्नसमेत कठिनाइ भएको अवस्थामा क्लबले आवश्यक सामग्री उपलब्ध गराएको हो।

    राहतमा दश बोरा चामल, एक बोरा दाल, २० लिटर खाने तेल, १० केजी नुन, २०/२० वटा थाल, कचौरा र  चम्चा, दुईवटा ग्यास सिलिन्डर, एक थान डेक्ची,  दुइ  वटा भट्टी  चुलो, एक बोरा आलु , बाल्टी  लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। ती सामग्रीहरू कार्यालय  हस्तान्तरण    गरिएको हो ।

    कार्यक्रममा जीएमपी तिमिल्सिना फाउन्डेसन र कालीभक्त फाउन्डेसनको पनि सहकार्य रहेको थियो। सो अवसरमा क्लबका अध्यक्ष, सचिव,  पूर्व अध्यक्षलगायत पदाधिकारीहरू, वडा सदश्यको   उपस्थिति थियो ।

    कार्यक्रममा क्लव अध्यक्ष प्रेम बलीले रोटरी सधै आपत विपतमा साथ दिने संस्था भएको उल्लेख गर्दै, रोटरिएनहरु समाजसेवा र मानव सेवामा अग्रणी रहेको बताए । साथै उनले पोलियो उन्मूलनमा रोटरीले विश्वव्यापी रुपमा प्रथम स्थानमा योगदान पुराएको स्मरण गराए ।

    त्यसैगरी, प्रहरी निरक्षक सुशील कार्कीले  रोटरी क्लब अफ डिल्लिबजार लगायत सबै सहयोगीलाई आभार प्रकट गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट