
मंसिर २७, २०८१ /होमनाथ न्यौपाने
चितवन । देशमा संघियता लागु भएसँगै विध्यालयको व्यवस्थापनको अधिकार स्थानिय तहलाइ दिइयो। शिक्षामा केहि परिवर्तन पनि भए। विध्यालय तहको पाठ्यक्रम परिमार्जन गरियो। केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न कठिन पर्दछ भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा ल्याइयो। स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तको निमार्ण र कार्यान्वयन सम्वन्धित स्थानीय तहलाई दिइयो।नेपाल भौगोलिक रुपमा विविधता भएको देश हो ।सांस्कृतिक, भाषिक रुपमा विविधता रहेको छ। समाजमा पनि विविधता भएकाले आवश्यकता र चाहना फरक फरक छन् । त्यसैले नेपाली समाजको सन्दर्भमा पाठ्यक्रम तयार पार्दा स्थानीय तहको आवश्यकतालाइ आत्मसात गर्नु पर्ने खाँचो छ ।स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रमको ढाँचामा स्थानीय पाठ्यक्रम वन्ने हुनाले यसमा केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयवस्तु समावेश हुन्छन्। जसले स्थानीय ज्ञानको विकास र प्रवर्द्धन गर्नुका साथै नयाँ नयाँ ज्ञान र सिपको मार्ग दर्शन गर्न सहयोग गर्दछ । स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तालाई दिशा वोध गर्न सहयोग गर्दछ ।नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने कुरा उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्र भक्तपुरले तयार पारेको विद्यालयस्तरीय नयाँ पाठ्यक्रम वाहेक स्थानीय तहलाई १०० पुणान्कको स्थानीय भाषा, कला, सस्कृति, कृषि, पर्यटन तथा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषय वस्तुलाई समेटेर पाठ्यक्रम विकास गरि लागु गर्न स्थानीय सरकारलाई अधिकार दिइएको छ। स्थानीय विषयको पाठ्यभार कक्षा१ देखि ३ सम्म ४ , कक्षा ४ र ५ मा ४ पाठ्यभार र कक्षा ६–८ मा ५ पाठ्यभार रहेको छ। यही अधिकार प्रयोग नियमको पालना गर्दै देशका केही पालिकाहरुले आधारभूत तहको स्थानीय पाठ्यक्रम (कक्षा १–८) विकास गरि लागु गरे । कतिपय पालिकामा पूर्ण कार्यान्वयन भएका छन् भने केही पालिकामा कार्यान्वयनको चरणमा छन्। केही पालिकाले पाठ्यक्रम तथा पाठ्यपुस्तक पनि विकास गरि लागु गरेका छन्। चितवनका, रत्ननगर, राप्ती, माडी नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक विकासगरि कार्यान्वयन गरेका छन्। भरतपुरको छिमेकी नगरपालिका गैँडाकोट नगरपालिकाले पनि पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयन गरेको छ। काठमाडौंमा बुढानिलकन्ठ नगरपालिका, तारकेश्वर नगरपालिका, लगायतका पालिकामा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै कार्यान्वयन भएका छन्।स्थानीय पाठ्यक्रम सबै पालिकामा पूर्ण कार्यान्वयनको चरणमा जानका लागि अझै केही वर्ष लाग्ने देखिन्छ।
भरतपुर महानगरपालिकाले स्थानीय सरकारले पाएको अधिकार प्रयोग गर्दै ‘हाम्रो गौरव हाम्रो भरतपुर’ नामक स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका भरतपुर महानगर पालिकाको भाषा,साहित्य,संस्कृति,कला, पेशा, पर्यटकीय क्षेत्र,खेल ,योग, महानगरको परिचय समेटेर पाठ्यक्रम विकास गरेको छ।महानगरभित्र रहेका सबै सामुदायिक र संस्थागत विद्यालयलाइ महानगरले स्थानीय पाठ्यक्रम लागु गर्न निर्देशन गरेको छ।
स्थानीय पाठ्यक्रमको महत्व
महानगर पालिकाको भुगोल भित्र वसोवास गर्ने प्रत्येक नागरिकले महानगरको वारेमा यथेष्ट जानकारी लिन जरुरि छ। अध्ययन गर्नु भनेको नयाँ नयाँ विषयवस्तुको ज्ञान लिनु हो। स्थानीय पाठ्यक्रमले समावेश गरेका विषय वस्तु सान्दर्भिक छन् यधपि केहि छुटेका विषय वस्तु पनि छन्। महानगरको भित्रका कला, भाषा , स्वास्थ्य, पर्यटन इतिहास भुगोल सभ्यता जीवनशैली समेत समावेश गरिएका कारण विध्यार्थीले आफ्नोे महानगरलाइ वुझ्न पाउनेमा दुइमत छैन। दैनिक जिवनमा आइपर्ने जीवनपयोगी विषय वस्तु समेटेका कारण भरतपुर महानगरको स्थानीय पाठ्यक्रम ले विध्यार्थी परिपक्क र समस्या समाधान गर्न सक्ने क्षमता विकास हुने देखिन्छ।



बालबालिकालाई दैनिक व्यवहारसँग सम्बन्धित विषयवस्तुहरु, विशेषतः आचरण, बालबालिकाको व्यक्तित्व विकास, स्वास्थ्य, भोजन, वातावरण, यातायात र सञ्चार प्रविधि सम्बन्धी ज्ञान, सीप र सकारात्मक व्यहार परिवर्तन सम्वन्धी विषय वस्तु समावेश भएका कारण भरतपुर महानगरको स्थानीय पाठ्यक्रम ले वढि महत्व बोकेको छ।
स्थानीय विषय वस्तु समेटिएको छ । महानगर भित्रका व्यावसायिक क्षेत्रहरु कृषि, पंछी तथा पशुपालन, उद्योग, पर्यटन, जडिबुटी, व्यापार, आयआर्जनका क्षेत्रहरु, भूगोल, इतिहास, पुरातत्व, धर्म, जातजाति, भाषाभाषी, सामाजिक संघ–संस्था, स्वास्थ्य र सरसफाइ, योग र प्राकृतिक चिकित्सा, प्रकृति र वातावरण संरक्षण, सूचना तथा सञ्चार प्रविधि, खेलकुद, कला, संगीत, स्थानीय प्रविधि आदि विषय क्षेत्रलाइ महानगरको स्थानीय पाठ्यक्रमले समावेश गरेकोले पनि अन्य विषय भन्दा यो विषय वढि व्यवहारिक देखिन्छ ।स्थानीय पाठ्यक्रम मार्फत शिक्षण गर्दा समाज अनुकूल विषयवस्तुलाई पाठ्यक्रम मार्फत शिक्षण गर्न, व्यक्ति, समाज तथा भरतपुर महानगरको आवश्यकता परिपूर्ति गर्न, स्थानीय परिवेश अनुसार सञ्चालन भएका चाडपर्व, धर्म संस्कृति, जातजाति, रीतिरिवाज, कलाकौशल, स्थानीय उद्योग, प्राकृतिक स्रोत साधन, कृषि, पर्यटन, पुरातात्विक तथा धार्मिक स्थान, जडिबुटी, अध्यात्मिक शिक्षा, आयआर्जनका क्षेत्रहरुको अधिकतम् उपयोग गर्न र विध्यार्थी को सक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने देखिन्छ।
कार्यान्यवनमा समस्या
भरतपुर महानगरले विकास गरेको स्थानीय विषयको पाठ्यक्रममा समावेश गरिएका विषय वस्तुलाई अध्यापन गराउन सन्दर्भ सामग्रीहरू को अभाव छ। नया पाठ्यक्रम भएका कारण सन्दर्भ सामग्री प्रसस्त रूपमा उपलब्ध छैनन्। पाठ्यक्रमले सैदान्तिक र प्रयोगात्मक दुवै विधिको प्रयोगलाई समावेश गरेको छ।
पाठ्यक्रम त लागु भयो तर सन्दर्भ सामग्री यथेष्ट छैन। अध्यापन गराउन विषय वस्तुको ज्ञान हुनुपर्यो। पढाउने शिक्षक गणित विज्ञान जस्तो पढेको शिक्षक हुने सम्भावना नै रहेन । किनकि यो विषय अध्यापन गराउन विशिष्टिकरण अध्ययन गरेको शिक्षक हुने सम्भावना नै रहेन।विध्यालयमा कसले पढाउने भन्ने नि दुविधा छ। शिक्षकलाई के पढाउने भन्ने समस्या? पढाउने कसरी ? यी प्रश्नहरुले शिक्षकलाई सधैं पिरोलिरहेको छ। स्थानीय विषयवस्तुलाई समेटिएको भएकोले अन्य व्यक्ति वा सघ सस्थाले पनि स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयहरु प्रकाशन गरेको पाइदैन ।
शिक्षण सामग्रीको नाममा महानगरले प्रकाशित गरेको भरतपुर महानगरपालिका स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री (१–३) मात्र उपलव्ध छ। पढाउनुपर्ने, जाँच लिनुपर्ने र विध्यार्थी एवं अभिभावकलाई राम्रो नतिजा पनि दिनुपर्ने, ? सगसगै विध्यार्थीलाइ भरतपुर महानगरको यथेष्ट ज्ञान दिनुपर्ने ? यी यावत समस्याको समाधान भनेको स्थलगत अवलोकन र फेरि सन्दर्भ सामग्रीहरू सकलन नै हो। स्थलगत अवलोकन सधैं सम्भव छैन्।सवै विषय अध्ययन त गर्नै पर्यो । साधन स्रोतको कमि पनि विध्यालयमा छदै छ। यधपि समस्यावाट भाग्न मिल्दैन। समाधानका उपाय सोजी गरी सिकाइ क्रियाकलापकोलाइ प्रभावकारी बनाउनु सरोकारवाला सबैको दायित्व हो। शिक्षकलाइ खोज अनुसन्धान गर्ने, विध्यार्थीलाइ पनि अनुसन्धान मुखि बनाइ सिकाइ आजको आवश्यकता देखिन्छ।
निचोड
स्थानीय परिवेशको अध्ययन गर्न , स्थानीयतालाइ वुझ्न स्थानीय पाठ्यक्रमको विकल्प छैन। भरतपुर महानगर पालिकाका सस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि आठसम्म लागु भएको पाठ्यक्रमको कार्यान्वयन अपरिहार्य छ। पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन सरोकारवाला सबैको साझा दायित्व हुन्छ। सन्दर्भ सामाग्रीहरूको निर्माण तथा उपलब्धता, विध्यालय हातामा वहु प्रयोगशालाको निर्माण,शिक्षकहरूलाई तालिमको व्यवस्था, स्थलगत अवलोकनमा जोड, विधालयलाइ साधन स्रोत मैत्री वनाउने, सरोकारवालासग छलफल एव पाठ्यक्रमलाइ समय अनुकुल परिमार्जन जस्ता कार्यहरूले सफल कार्यान्वयनमा सहयोग पुग्ने देखिन्छ।
सन्दर्भ सामग्रीहरू
भरतपुर महानगर पालिका, भरतपुर महानगरको स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री कक्षा १-३, स्थानीय सरकार सन्चालन कार्यविधि २०७४, भरतपुर सेरोफेरो, ।


प्रतिक्रिया दिनुहोस