Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा वडाअध्यक्षसहित ५ जनाविरुद्ध मुद्धा दायर


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६५८ पाठक संख्या
  • जेष्ठ ३२, २०८१
    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
    शुक्रबार अख्तियारले मोरङको रतुवामाइ नगरपालिका ६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
    स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल, भक्त कुमारी लुँइटेलविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
    अख्तियारका अनुसार वडाले विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।
    त्यति मात्रै नभई उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ। वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको अख्तियारले जनाएको छ।
    वडाध्यक्ष लुइँटेलविरूद्ध १ लाख ६० हजार रूपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रूपैयाँ, मेगदीप र तारादेवी विरूद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरूद्ध १६ हजार रूपैयाँ बिगो असुल गर्न समेत अख्तियारले माग गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑