आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

एमाले चितवनका पार्टी पदाधिकारीद्वारा कार्यभार ग्रहण


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४९० पाठक संख्या
  • जेष्ठ ३२, २०८१
    नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट गठित पार्टी पदाधिकारीले कार्यभार ग्रहण गरेका छन् ।
    आज पार्टी कार्यालयमा आआफ्नो कार्यकक्षको कुर्सीमा बसी पदाधिकारीले कार्यभार ग्रहण गरेका हुन् । नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवालीको प्रमुख उपस्थिति र केन्द्रीय सदस्य यम बहादुर परियारको विशेष उपस्थितिमा पदाधिकारीलाई कार्यभार ग्रहण गराइएको एमाले चितवनले जानकारी दिएको छ ।
    एमाले चितवनको पदाधिकारीमा अध्यक्ष कमल राज पाठक, उपाध्यक्षमा श्याम कुमार विष्ट, सचिवमा प्रकाश ढुंगाना, उपसचिवमा मिन बहादुर परियार, उप सचिव (महिला)मा ज्वाला पुरी वन रहेका छन् । यही जेठ १२ गतेदेखि १५ गतेसम्म चलेको अधिवेशनले ५ पदाधिकारीसहित ११९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
    उक्त कमिटीलाई जेठ २५ गते केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा सपथ ग्रहण गराइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट