आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव


  • आक्रमण न्युज
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ६५४ पाठक संख्या
  • आषाढ १७, २०८१
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले १०औं राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न ।
    नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेतृत्वमा माधव नेपाल निविर्कल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जवज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन् ।
    सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भैनसकेको दाबी गरेका छन् । त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन् । आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन् ।
    उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।
    उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट