आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

प्रचण्डलाई विश्वासको मत दिन्छौं-महासचिव भुसाल


  • आक्रमण न्युज
  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८६ पाठक संख्या
  • आषाढ २०, २०८१
    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।
    एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस(एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।
    उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफुहरुसँग पनि कुनै छलफल नगरेको बताए ।
    महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रकृया अझै शुरु गरेको छैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट