आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

खानेपानी संस्था बर्दिवासको संसोधित विधान र साधारणसभा अवैधानिक रहेको ठहर


  • आक्रमण न्युज
  • २०८१ भाद्र १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ६५१ पाठक संख्या
  • भाद्र १७, २०८१
    बर्दिवास । बर्दिवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संसोधित विधान र साधारणसभालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले खारेज गरिदिएको छ ।
    संस्थाको विधान २०५७ को दोश्रो संशोधन २०६३ को दफा ६ अनुसार गरिएको भनिएको साधारणसभा र दफा ११ वम्मोजिम संशोधन गरिएको भनिएको विधानलाई नियमसंगत नभएको भन्दै खारेज गरिदिएको हो ।
    बिशेष साधारणसभाको नाममा २७ चैत्र २०८० मा गरिएको निर्णयसहित सवै विषयहरु खारेज गरेको जानकारी गराउदै प्रशासन कार्यालयले दोश्रो संशोधन विधान २०६३ अनुसार कामकारवाही गर्न पत्राचार गरेको छ ।
    विधान संसोधन गरेर यसअघि गरिएका कामहरु समेत अवैधानिक देखिएका छन । जिल्ला प्रशासन कार्यालयको निर्णयले अदालतको वाटो खुल्ला भएको र यही आधार लिएर मुद्दा प्रक्रियामा समेत जाने निर्वाचित कोषाध्यक्ष भोज प्रसाद फुयालले वताए ।
    संसोधित विधानमा कोषाध्यक्षको हस्ताक्षरलाई अनिवार्यवाट हटाएर निर्वाचित सदस्यको समेत हस्ताक्षर गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
    ु२०५७ को दोशो संशोधन २०६३ नै जिल्ला प्रशासन कार्यालयले वैधानिक ठहर गरेपछि वलमिच्याई ढंगले गरेको संशोधन गरिएको विधान २०८० लाई टेकेर गरिएका अहिलेसम्मका सवै कामकारवाही अवैधानिक नै देखिएको छ । निर्वाचित सचिव उदय भण्डारीले भने । अव उपभोक्ताहरु त्याँहाभित्र भएका बेथितिहरुको बिषयमा जागरुक हुनुपर्छ ।ु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑