आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नेकपा एमाले क्षेत्रीय कमिटी चितवन ३ को प्रथम बिस्तारित बैठक सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ आश्विन २१, सोमबार मा प्रकाशित १ साल अघि
  • २६० पाठक संख्या
  • आश्विन २१, २०८१
    चितवन । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ३ चितवनको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ ।
    आज भरतपुर २२ पटिहानीमा रहेको मनमोहन स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
    बैठकले जिल्ला कमिटीबाट आएको सर्कुलर कार्यान्वयनलाई पूर्णता दिने, क्षेत्रीय समन्वयन कमिटीको प्रशिक्षण कार्यक्रम गर्ने लगायतका निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् कार्यालय सचिव मिन बहादुर परियारले जानकारी दिए ।
    कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, प्रदेश कमिटी सदस्यहरु कृष्ण भुर्तेल, अन्जान तिमिल्सना, सरस्वती विष्ट, एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट र उपसचिव मिन बहादुर परियार, चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी र क्षेत्र नम्बर ३ भित्रका वडा कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    सुदिप रेग्मीको अध्यक्षतामा सम्पन्न बैठक कर्ण बहादुर विश्वकर्माले सञ्चालन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट