आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन


  • आक्रमण न्युज
  • २०८१ मंसिर १७, सोमबार मा प्रकाशित १ साल अघि
  • २१० पाठक संख्या
  • मंसिर १७, २०८१
    चितवन । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् ।
    संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य रहेका छन् । संयन्त्रलाई जिल्लाका स्थानीय तहसम्म विस्तार गर्ने सहमति पनि दलहरुले गरेका छन् ।
    संयन्त्रले चितवनभित्र रहेका विभिन्न गौरवका योजनाहरु निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गर्न प्रतिनिधिमण्डल काठमाडौँ जाने निर्णय पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट