आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईँबिरुद्ध विद्युतीय कारोबार ऐनमा मुद्दा दर्ता


  • आक्रमण न्युज
  • २०८१ मंसिर २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४७६ पाठक संख्या
  • मंसिर २६, २०८१
    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनमा मुद्दा दर्ता भएको छ।
    उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए।
    साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो ।
    सरकारी वकिलको कार्यालयले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी गरेको छ। दफा (४७)को (२) अनुसार उनलाई थप सजायका लागि मागदाबी गरिएको छ। प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो। भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
    यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो। त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो। ५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप गरिएको थियो।
    बुधबार भने उनीबिरुद्ध मुद्दा दर्ता भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट