आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ६४८ पाठक संख्या
  • एजेन्सी असार १६, – कोपा अमेरिका फुटबलको समूह  एुअन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ । यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको साविक विजेता अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ ।

    आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे । अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ ।

    यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन् । इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो ।

    यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ । दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन् ।

    भोलि बिहान समूह ुबीु का मेक्सिको र इक्वेडर तथा जमैका र भेनेजुयला खेल्दैछन् । समूह ुबीु को भेनेजुएला, ुसीु को उरुग्वे र ुडीु को कोलम्बिया पनि एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट