Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

अनेमसंघ भरतपुरमा संगठन सृदृढीकरण र सुद्धिकरण अभियान सुरु


  • आक्रमण न्युज
  • २०८१ बैशाख २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ६३२ पाठक संख्या
  • वैशाख २३, २०८१
    चितवन । भरतपुर महानगरमा अखिल नेपाल महिला संघ अनेमसंघले संगठन सृदृढीकरण र सुद्धिकरण अभियान सुरु गरेको छ ।
    एमाले पार्टी कार्यालय चितवनमा बसेको महानगर कमिटीको बैठकले अभियानलाई तत्काल सुरु गर्ने निर्णय गरेको हो ।
    अनेमसंघ केन्द्रीय कमिटीको गत पुषमा बसेको बैठकले देशभरका पालिकाहरुमा फागुन १ गतेबाट उक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभिन्न पालिकाहरुमा अभियान जारी छ । भरतपुरमा भने जनतासँग एमाले अभियानका कारण केही ढिला सुरु हुन पुगेको बताइएको छ ।
    अनेमसंघले अगाडि सारेको ‘घरघरमा अनेमसंघ, हर घरमा अनेमसंघ’ का साथै ‘घरघरमा सदस्य, टोलटोलमा संगठन’ का विषयलाई अभियानमा विशेष जोड दिने अभियानको उद्देश्य रहेको छ । यसैगरी विभिन्न कमिटीको अधिवेशन पनि यसै अभियान अन्तर्गन गर्ने अभियानको उद्देश्य रहेको अनेमसंघ केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज शान्ति अधिकारीले जानकारी दिइन् ।
    अनेमसंघ केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्टको प्रमुम उपस्थिति बसेको बैठक अनेमसंघ महानगर कमिटीकी अध्यक्ष सम्झना शर्मा (शोभा) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
    यसैगरी बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा वराल, अनेमसंघ केन्द्रीय सदस्य शान्ति अधिकारी, एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भूर्तेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका उपाध्यक्ष कमलराज पाठक लगायतको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑