Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

भक्तपुरको बेखालमा भव्य टेबुल टेनिस कभर्ड हल निर्माण


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६७४ पाठक संख्या
  • जेष्ठ ८, २०८१
    भक्तपुर । भक्तपुरको बेखालमा राष्टिय प्रतियोगिता आयोजना मिल्ने क्षमताको भव्य टेबुल टेनिस कभर्ड हल निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं १० बेखाल .(नगरकोट जाने सडक खण्ड) मा एक सय ५० दर्शक अट्नसक्ने भव्य कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
    कभर्ड हल साढे तीन तल्लाको छ । कभर्ड हल पार्किङ्ग सहितको भव्य छ । झण्डै तीन करोड ४४ लाख बराबरको खर्चमा भक्तपुर नगरपालिकाले कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल त्यहाँंको तीन हजार सात सय दुई वर्ग फिटको पर्ति (सार्वजनिक) जग्गामा बनाइएको हो ।
    झण्डै तीन वर्ष भन्दा लामो समयदेखि भबन बन्न सकेको हो । कभर्ड हल निर्माणको सुरुवात २०७७ साल पुस २० गतेबाट सुरु भएको थियो । भव्य कभर्ड हलको संघीय सांसद् प्रेम सुवालले उदघाटन गरेका थिए ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरी तीन वटा कभर्ड हल संचालनमा आएका छन् । तेश्रो र भव्य कभर्ड हलको रुपमा पछिल्लो बेखालको कभर्ड हल रहेको उनले जनाए । नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिंदै आएको भन्दै उनले यही कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको बताए । खेलाडीको मनोवल बढाउन हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि उनले स्मरण गरे ।
    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताइन् । उनले नगरपालिकाले विश्व अपाड्डता दिवसको अवसरमा अपाड्डता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको पनि सम्झिन् ।
    उदघाटन कार्यक्रममा बागमती प्रदेश सभाका सांसद सृजना सैंजु, राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं। १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं। ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्व, वडा नं। १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टरार्ईलगायतले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको चर्चा गरे । सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई नगरपालिकाले अगाडि बढाइरहेको चर्चा पनि उनीहरुले गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑