
बाँके – नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुर गाउँपालिका–१ मझटिनिया गाउँमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार गौडेलले विकास निर्माण, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस अभियानलाई मझटिनियासँगै सुईया, विर्ता, मझेरेटी, कटकुइया, बनियागाउँ र मतनिया लगायतका गाउँहरूमा पनि विस्तार गरिएको थियो । ती गाउँहरूमा पनि स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै उम्मेदवारप्रति समर्थन व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी स्थानीयले “आधि रोटी खाएंगे, काँग्रेसको जिताएंगे” भन्ने नारासहित समर्थन जनाएका थिए । स्थानीय अगुवाहरूले यसपटक क्षेत्रको समग्र विकासका लागि काँग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।
गाउँ–गाउँमा आयोजित भेटघाट तथा अन्तरक्रियामा युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले सडक, सिँचाइ, विद्युत्, खानेपानी तथा भुसको छाना मुक्त अभियानजस्ता आधारभूत पूर्वाधारका विषयमा आफ्ना अपेक्षा राखेका थिए ।
उम्मेदवार गौडेलले जनताको विश्वासलाई सम्मान गर्दै चुनावपछि पनि निरन्तर जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याए । घरदैलो कार्यक्रम आगामी दिनहरूमा क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको यछ ।
प्रतिक्रिया दिनुहोस