आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

वर्तमान सरकारले चाहेको “गुणात्मक परिवर्तन”


  • आक्रमण न्युज
  • २०८३ श्रावण १८, सोमबार मा प्रकाशित १९ घण्टा अघि
  • ६२ पाठक संख्या
  • राजनीति बाट शिक्षा हासिल गर्नु पर्नेमा सत्ता परिवर्तनका लागि कलिला विद्यार्थीको प्रयोग हुनु दुखद कुरा हो ! देशमा नेपालकै झन्डा ओढेर महत्त्वपूर्ण सरकारी, व्यापारिक, व्यावसायिक, औद्योगिक क्षेत्रका भौतिक संरचना विध्वंस पारेका देखेर मन नरुने कुरै भएन ! नेता भनाउदा ले सार्वजनिक सम्पत्ति नष्ट गर्न आफ्ना कार्यकर्तालाई उचाले तर पछि आफैं भाग्नुपर्दा, आफ्नै घर र पार्टी कार्यालयहरू जल्दा भने बल्ल चक्रव्यूहमा फसेको चाल पाएका छ्न ।

    दलका नेता हरु को आर्थिक–सामाजिक अवस्थालाई आफ्नो हातमा लिने, प्राकृतिक सम्पदा कब्जा गर्ने, सांस्कृतिक धरोधर ध्वस्त पार्ने दाउमा लागेको देखिएको ले विदेशी शक्ति हामीलाई परनिर्भर बनाउने योजनामा छन्। विदेशीहरू देशको सीमा कब्जा गरेर बसेका छन, तर हामी आपसमा लडाइँ गरेर बसेका छौं, मारामार गर्दैछौं, घृणा र फुट पैदा गरेका छौं,आफूलाई यो देशको सर्वेसर्वा राजनीतिज्ञ ठान्नेहरूको कुशासन, भ्रष्टाचार, तस्करी, दलाली, अहंकार, प्रतिशोधको अग्निले देशलाई नै जलाएको कथा हामीले सुनेका मात्र नभै भोगेका पनि छौ !

    कांग्रेस र कम्युनिस्टका नेता र कार्यकर्तामा देशभक्तिपूर्ण भावना जागृत नभएरै कार्यकर्तालाई तस्करी, भ्रष्टाचार र दलालरूपी यन्त्रको पाटपुर्जा मात्रै बनाएका छ्न ।नेताहरूले भारतकै हितमा कोसी, गण्डक, महाकालीजस्ता असमान सन्धि गरेर देशको जलस्रोत भारतलाई सुम्पने, व्यापार, वाणिज्यलगायतका असमान सन्धि गरेर देशलाई आर्थिक, प्राकृतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा कमजोर बनाउँदै आएका छन्।

    नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भयो तर देशमा राजनीतिक स्थिरता, देशको समुन्नति, भ्रष्टाचारमुक्त, विभेदको अन्त्य, सुशासन, शान्ति, समता, अमनचयनका साथै उचित पारिश्रमिकसहितको रोजगारी, निः शुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, पौष्टिक आहार, स्वच्छ खानेपानी, सुरक्षित आवास, सन्तुलित प्राकृतिक वातावरण, विद्युत्, यातायात, सञ्चारजस्ता आधारभूत लोककल्याणकारी कुरामा पनि गुणात्मक र मात्रात्मक रूपमा कुनै परिवर्तन भएन।

    यहि परिवर्तन का लागि वालेन्द्र शाह सरकार निरन्तर लागि परि रहेको छ, सरकार लाइ बिकाश निर्माण र भ्रष्टाचार अन्त्य जस्ता पुण्य कार्य सम्पन्न गर्न तन, मन ले नेपालि जनताको साथ र सहयोग चाहिएको छ ! नेपालि जनता को साथ र समर्थन भएमा सरकारले सगरमाथाको उचाइ चुम्ने निश्चित छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट