Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत


  • आक्रमण न्युज
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ५ पाठक संख्या
  • ‎काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
    ‎
    ‎उनी भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली पुगेका हुन् ।
    ‎
    ‎​भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।

    ‎​भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

    ‎ त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।

    ‎​भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

    ‎यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।

    ‎ प्रधानमन्त्री भ्रमण सम्पन्न गरी मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑