
आइतबार साँझ प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबिच भेटवार्ता सुरु भएको हो।



नयाँ दिल्लीस्थित ताजमहल होटलमा उनीहरूबिच भेटवार्ता भइरहेको छ। आजै अपराह्न नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री शाहले भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ७ र ८ गते (नोभेम्बर २२–२३) दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस