Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य


  • आक्रमण न्युज
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ४ पाठक संख्या
  • काठमाडौं । कतारको दोहामा भइरहेको एसियन राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आइतबारको सातौं खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।

    संयुक्त अरब इमिरेट्सले ३९.५ ओभरमा मात्र १२१ रन बनाउन सक्यो । युएईको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएर ११ रन र कुशल भुर्तेलले पनि ३ विकेट लिएर मात्र १५ रन दिए ।

    युएईका लागि मुहम्मद शाहदाद ७० बलमा ४० रन र हरप्रित सिंहले ४८ बलमा ३२ जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

    नेपाल आफ्नो खेलमा भारतसँग लज्जास्पद ढंगले पराजित भएको थियो । भारतले दिएको ३३३ रन पछ्याउने क्रममा नेपाल २६ रनमै अलआउट हुन पुगेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑