Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता सुरु


  • आक्रमण न्युज
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित ५७ मिनेट अघि
  • ३१ पाठक संख्या
  • नयाँ दिल्ली। दुईदिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच नयाँ दिल्लीमा भेटवार्ता सुरु भएको छ।

    आइतबार साँझ प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबिच भेटवार्ता सुरु भएको हो।

    नयाँ दिल्लीस्थित ताजमहल होटलमा उनीहरूबिच भेटवार्ता भइरहेको छ। आजै अपराह्न नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री शाहले भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरिरहेका छन्।

    प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ७ र ८ गते (नोभेम्बर २२–२३) दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑