
आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गरे । सुक्रिया मियाले २ गोल गर्दा जेनिफर राना मगर र दीपा शाहीले १–१ गोल थपे ।



खेलको पाँचौँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । विमला चौधरीको प्रहार पोस्टमा लागेर रिबाउन्ड भएको बललाई स्ट्राइकर चन्द्रा भण्डारीले जाली चुमाइन् ।
१६ औँ मिनेटमा चन्द्राले नै अग्रता दोब्बर बनाइन् । मैदानको मध्यभागबाट चन्द्राले गरेको चिप सट सिधै गोलमा परिणत भएको थियो । १८ औँ मिनेटमा दीपा शाहीको क्रस पासमा हेमा चौधरीले गोल गरिन् । ३३ औँ मिनेटमा सुक्रिया मियाले गोल थपिन् । ४३ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित ४ गोल गरेकी थिइन् ।
४४ औँ मिनेटमा विमला चौधरीको क्रस पासमा हेमा चौधरीले हेडर गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रिया मियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौँ गोल गरिन् ।
४६ औँ मिनेटमा हेमा चौधरीले ह्याट्रिक पूरा गरिन् । ७९ औँ मिनेटमा जेनिफर राना मगरले गोल गरिन् भने ८९ औँ मिनेटमा दीपा शाहीले आर्मीका लागि दसौँ गोल गरिन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता त्रिभुवन आर्मी फुटबल क्लबकी चन्द्रा भण्डारी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै, कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले प्रोत्साहनस्वरूप नगद १५ हजार रुपैयाँ प्रदान गरे ।
भोलि (सोमबार) हुने तेस्रो क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस