Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन २७ नोभेम्बरदेखि


  • आक्रमण न्युज
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ४0 मिनेट अघि
  • ७ पाठक संख्या
  • चितवन । बोस्टन इन्टरनेशनल कलेज (बीआईसी), भरतपुरको आयोजनामा कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यका माध्यमबाट दिगो विकासका विषयमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ (2nd BIC International Conference 2026) आगामी मंसिर ११ र १२ गते (नोभेम्बर २७ र २८) कलेज परिसरमा आयोजना हुने भएको छ।

    ‘कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यद्वारा दिगो विकासको प्रवर्द्धन’ मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा स्वदेश तथा विदेशका प्राज्ञिक, अनुसन्धानकर्ता, शिक्षाविद्, विज्ञ तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

    सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन, व्यवस्थापन, वित्त, अर्थशास्त्र, सूचना प्रविधि, डेटा साइन्स, डिजिटल रूपान्तरण, शिक्षा, जनस्वास्थ्य, जलवायु परिवर्तन, सुशासनलगायत समसामयिक विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत तथा छलफल गरिनेछ।

    अन्तर्राष्ट्रिय स्तरका विज्ञ तथा प्राध्यापकहरूको सहभागितामा सञ्चालन हुने सम्मेलनले अनुसन्धान, ज्ञान आदानप्रदान, नवीन सोच र विश्वव्यापी शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। सम्मेलनमा विभिन्न देशका विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्रतिनिधित्व रहनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑