आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

भरतपुर–२० मा बारुण यन्त्र इकाई तथा नगर प्रहरी बिटको शुभारम


  • आक्रमण न्युज
  • २०८१ श्रावण ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३०७ पाठक संख्या

  • चितवन, साउन ३ । 
    पश्चिम भरतपुरलाई लक्ष्ति गर्दै वडा नम्बर २० बाट सेवा पु¥याउने गरि बिहिबारबाट बारुण यन्त्र (दमकल) इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाईको उद्घाटन गर्नुभयो ।पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्वेश्यले बारुण यन्त्रको सेवालाइ थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाँउ भएकाले यहाँ  प्राकृतिक विपत्तिको सम्भावन धेरै हुने भएकाले बारुण यन्त्र इकाई स्थापना गरिएको उल्लेख गर्नुभयो ।
    भरतपुरमा नदीको जोखिमलाई अन्त्य गर्न नारायणी तटबन्धनको काम भइरहेको र जंगली जनावरको नियन्त्रणका लागि मेसजालीसहितको फाउण्डेशनको काम अघि बढेको जानकारी दिनुभयो ।
    भरतपुरलाई सुरक्षित महानगर बनाउने गरी वषेर्नी विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाउदै आएको उहाँको भनाई थियो ।
    त्यस्तै उप प्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्र केन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महशुस गराउने प्रयास गरेको बताउनुभयो ।
    दुरीका हिसाबले भरतपुर २० मध्य भागमा रहेकाले पश्चिम चितवनमा वडाहरुमा प्रभावकारी हुने उहाँको भनाई थियो ।
    –––––

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट