आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

नेप्से ट्रेडिङद्धारा चितवनमा सेयर तालिम


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १०, शनिबार मा प्रकाशित १ साल अघि
  • १२५३ पाठक संख्या
  • २०८१ कात्तिक १०
    नेप्से ट्रेडिङको आयोजना तथा सनी सेकुरिटिज सहयोगमा आज सनिबार चितवनमा एक दिने सेयर तालिम सम्पन्न भएको छ ।
    शेयर विश्लेषक केशव कोइराला ‘काका’द्धारा तालिममा सहभागीहरुलाई नेप्सेमा सुचिकृत फण्डामेन्टल कम्पनिमा लगानी गर्न आग्रह गरेका थिए । शेयर मार्केटमा अरुको लहलहैमा लागेर लगानी गर्दा छेडिक रुपमा नाफा भए पनि कालान्तरमा नोक्सान नै हुने उनको भनाई थियो । अरु देशमा देशको आर्थीक सुचक राम्रो भएको बेलामा शेयर मार्केट उकालो लागे पनि हाम्रो देशमा भने त्यसको उल्टो लगानीको अन्य विकल्प नभएको वेला शेयर मार्केट माथी माथि जाने गरेको उनले बताए ।
    शेयर मार्केटका टेक्निकल विश्लेशक सन्दिप कुमार चौधरीले मार्केटमा आफ्नो इमोसनलाई कन्ट्रोल गरेर सहि समयमा सहि कम्पनि छनोट गर्यो भने कहिल्यै ठुलो घाटा नहुने बताए । सहि समयमा किनेको शेयर सहि समयमा बेच्न टेक्निकल टुल्सहरुले सहयोग गर्ने भएकोले शेयर मार्केटमा सट टम ट्रेडिङ गर्न चाहने ब्यक्तिका लागी टेक्निकल ज्ञान अनिर्वाय रहेको उनको भनाई थियो ।
    तालिममा सनि सेकुरिेटिज चितवनका ब्रान्च म्यानेजर उज्वल पौडेलले चितवनमा सनि सेकुरिटिजको सर्भिसबाट सन्तुष्ट रहेको बताए ।
    नेप्से ट्रेडिङ प्रतिनिधी अंगत सिटौला, मार्केट माइण्ड इन्भेष्टमेन्ट ग्रुप प्रा.लि.डाइरेक्टर दिपेश घिमिरे ,चियरम्यन विशाल बिमली लगाएतको उपस्थिती थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट