Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते भरतपुरमा


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४९१ पाठक संख्या
  • कार्तिक १३, २०८१
    चितवन । लक्की मिडिया हाउस चितवनले लक्की साँगीतिक साँझ २०८१ गर्ने भएको छ । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ शुभदीपावलीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो ।
    कार्यक्रममा चर्चित गायिका लोक दोहोरी क्षेत्रकी सुमधुर स्वरकी धनी बरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले, लोक तथा दोहारी गायक नेत्र जी पन्त, लोक तथा दोहोरी गायिका सरिता श्रेष्ठ गुरुङ, गायिका सम्झना श्रेष्ठ लगायत चर्चित गायकरगायिकाहरुको साथमा कार्यक्रम गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले जानकारी दिए ।
    नेपाली गीत संगीतको संरक्षण र जगेर्ना गर्ने उद्धेश्य सहित हरेक बर्ष लक्की साँगीतिक साँझ गरिदैं आएको उनले बताएका छन् । कार्यक्रमको तयारी तीब्र गरिएको र कात्तिक १७ गते, शनिबार सांँझ ६ बजेदेखि भरतपुर-९ स्थित डल्फिन फनपार्क एण्ड रिर्सोटमा गरिने महाप्रन्धक कार्कीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑