आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

चितवनमा रविको बयान, भोलि पनि जारी रहने


  • आक्रमण न्युज
  • २०८१ मंसिर १८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४४७ पाठक संख्या
  • मंसिर १८, २०८१
    चितवन । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ ।
    मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकील कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए ।
    ‘आजको बयान साँझ साढे ४ बजेसम्म गरेर स्थगित भयो । भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुन्छ’–उनले भने । पहिलो दिन प्रारम्भिक प्रश्नमात्र गरिएको न्याधिवक्ता लुँइटेलले जानकारी बताए । ‘अहिले हामी प्रारम्भिक प्रश्नमा मात्र छौँ’, उनले भने ‘भोलि गहिराइमा गएर बयान लिन्छौँ ।’ उनका अनुसार लामिछानेसंग लिखित बयान लिइएको छ । सरकारी वकील र अनुसन्धान अधिकृतले सयुंक्त बयान लिएका छन् । सकेसम्म भोली बयान सक्ने तयारी भएको उनले बताए ।
    सहकारी ठगी, सड्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट आज मंगलबार बिहान चितवन ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।
    लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
    साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो । रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट