आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

कृषि प्रदर्शनीमा स्टल बुकिङ गर्न आज अन्तिम मौका


  • आक्रमण न्युज
  • २०८१ मंसिर २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • २२५ पाठक संख्या
  • मंसिर २७, २०८१
    चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयको आयोजनामा मंसिर २९ देखि पुस ३ गतेसम्म रामपुर, चितवनमा आयोजना हुने कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ मा स्टल बुकिङ गर्न छुटेका कृषक र व्यवसायीहरूका लागि आज (विहीवार) अन्तिम दिन तोकिएको छ।
    मेलामा सहभागी हुन इच्छुक तर कुनै कारणवश बुकिङ गर्न छुटेका व्यक्तिहरूले मेलाको मूल आयोजक समितिको सचिवालयमा सम्पर्क गरी स्टल सुरक्षित गर्न सक्नेछन्। व्यक्तिगत स्टलको शुल्क रु ७,००० र संस्थागत स्टलको शुल्क रु १०,००० निर्धारण गरिएको मूल आयोजक समिति सचिवालयका सदस्य तथा उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिनु भएको छ ।
    मेलामा विभिन्न कृषि उत्पादन, प्रविधि, उपकरण तथा सेवाहरूको प्रदर्शन हुने अपेक्षा गरिएको छ। यस अवसरमा कृषक, व्यवसायी तथा सरोकारवालाहरूबीच ज्ञान र अनुभव आदान–प्रदान हुने आयोजकले विश्वास लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट