आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

मौलाकालिका अस्पतालले माघ २१ बाट आफ्नै भवनबाट सेवा शुभारम्भ गर्ने, अत्याधुनिक उपकरणसहित सुविधा विस्तार


  • आक्रमण न्युज
  • २०८१ माघ २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४९६ पाठक संख्या
  •  

    माघ २०, २०८१ / टिकादत्त तिमिल्सिना

    चितवन । चितवनको मुटु भरतपुरमा रहेको मौलाकालिका अस्पतालले भोली माघ २१ गतेदेखि आफ्नै नयाँ भवन मालपोत चोकबाट औपचारिक सेवा शुभारम्भ गर्ने भएको छ। अत्याधुनिक उपकरणसहित सेवा विस्तार गर्न लागेको र अस्पतालले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

    आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धर र निर्देशक डा. केशवराज भुर्तेलले नयाँ भवन र सुविधाको जानकारी गराएका थिए ।

    करीव ३४ करोड रुपैयाँको लागतमा निर्माण भएको अस्पतालमा तीनवटा अत्याधुनिक अप्रेसन थियटर, पोष्ट अप वार्ड र आइसियु सुविधा समेत रहेका छन्।

    सो पत्रकार सम्मेलनमा डा. भुर्तेलका अनुसार अस्पतालले यो महिनाभर ओपिडी टिकट निःशुल्क दिने र उपचारमा ५० प्रतिशत छुट तथा औषधीमा ७ प्रतिशत छुटको योजना ल्याएको बताएका थिए । पत्रकार सम्मेलनमा अस्पतालले गरिब तथा विपन्न वर्गलाई विशेष सहयोग पुर्याउने योजना रहेको समेत बताइएको थियो। “स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो,” डा. मानन्धरले बताएका छन् ।

    अस्पतालले सुरुवाती चरणमा नै अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुको व्यवस्थापन गरेको छ। अस्पताल व्यवस्थापनले आगामी दिनमा सेवा विस्तार गर्दै नयाँ विभागहरु सञ्चालन गर्ने योजना रहेको बताएको छ।

    चितवनको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित सञ्चालन हुन लागेको मौलाकालिका अस्पतालले स्थानीय बासिन्दाका लागि स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑