Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

प्रेमवस्ती दुग्ध उत्पादक सहकारीमा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम


  • आक्रमण न्युज
  • २०८१ बैशाख १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ६६६ पाठक संख्या
  • वैशाख १७, २०८१
    भरतपुर । प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा आनन्द प्रसाद न्यूरे निर्वाचित भएसंगै कृषक तथा संस्थाका शेयर सदस्यहरुसंग शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।


    कार्यक्रममा अध्यक्षता गर्नु भएका अध्यक्ष आनन्द न्युरेले आफ्नो सहकारीलाई राष्ट्रियमा टप गरि अन्र्तराष्ट्रिय स्तरमा पनि नाम चल्नगरि काम गर्ने छु भन्दै यदि सबैजना कृषकहरुको साथ पाएमा आगामी १० वर्ष भित्रमा १० हजार जनालाई रोजगारीको ग्यारेण्टी समेत गराईदिने प्रतिवद्धता जाहेर गरेका थिए ।

    भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका नि.वर्तमान प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशीज्युले कृषकहका साथमा सधै रहने वाचा गर्दै पहिलापनि सहयोग गरेको र त्यो भन्दापनि बढी अझै सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भएकाके थियो ।
    कृषकलाई जसरी हुन्छ माथी उठाउने काममा मेरो अग्रसर सधैं रहने छ र यदि प्रदेश तथा संघिय मन्त्रालयमा कृषकको कुनैपनि कामगर्न जानुपर्ने भएमा आफुपनि संगै जान तयार भएको बताउनु भएको थियो ।
    कार्यक्रम सहकारीको आफ्नै भवनमा कृषकहरुको वाक्लो उपस्थिती सहित सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑