आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रव्यापी सदस्यता अभियान


  • आक्रमण न्युज
  • २०८१ मंसिर १५, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ३६५ पाठक संख्या
  • मंसिर १५, २०८१/ जनता रैका 

    कोहलपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ । “एक सङ्कल्प राष्ट्रका लागि” भन्ने मूल ध्येयका साथ १५ दिने सदस्यता अभियान सुरु भएको हो ।

    शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले झन्डै ३ दशक अगाडि स्थापना भएको विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान गर्दै आएको छ। देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान कर्णाली प्रदेश कोहलपुरमा  पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद्  कर्णाली प्रदेश अध्यक्ष भिम खरेलले बताउनु भयो  ।

    यस्तै विद्यार्थी परिषद्ले हरेक वर्ष गर्दै आएको सदस्यता अभियान आजदेखि सुरु भएको र आगामी १५ दिनसम्म रहने  विद्यार्थी परिषद् नेपाल कर्णाली  प्रदेशका प्रदेशका संगठन सचिव चन्द्र सेखर जोशीले बताउनु भयो ।

    विद्यालय स्तरमा कक्षा ११ भन्दामाथिका विद्यार्थी, क्याम्पस विश्वविद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक , शिक्षाविद् समेत जोडेर शिक्षाविद्,शिक्षक , विद्यार्थी मिलेर शैक्षिक क्षेत्र सुधारका लागि कार्यको थालनी गर्नका  लागि  एकबद्धतामा जोड दिनु पर्ने भिम खरेलले बताउनु भयो सदस्यता अभियान कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष भिम खरेल, प्रदेश संगठन सचिब जनता रैका, उपाध्यक्ष भिम रोकाय, कर्णाली सह संगठन सचिब चन्द्र सेखर जोशी, केन्द्रिय सदस्य प्रकाश शर्मा, कोहलपुर नगर इकाई अध्यक्ष बिरङना योगि र नगर सचिब घनश्याम पौडेल उपस्थिति रहनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट