
शंकर चिमरिया
धादिङ / चन्द्रोदय माध्यमिक विद्यालय बेनीघाटले कक्षा १०मा अध्ययनरत छात्रछात्राहरूलाई आज एक विषेश कार्यक्रमका बीच शुभकामना एवं फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ। यस विद्यालयमा कक्षा १०मा अध्ययनरत १७ जना विद्यार्थीहरू एसइइ परीक्षामा सहभागी हुँदैछन्। कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले कक्षा १० मा रहेका आफ्ना दाइ दिदीहरूलाई विदाई तथा फेरि भेटौंला तथाकार्यक्रम आयोजना गरेका हुन् ।
कक्षा ९ किछात्रा सजिना थिङकाे शभापतित्वरहेकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बासुदेव कडेंल प्रमुख अतिथि साथै शिक्षक अभिभावक संघका अध्यक्ष केशव प्रसाद कडेल र विद्यालयकै प्रधानाध्यापक सत्यधर कडेंल अतिथिको रूपमा रहनुभएको थियो।
एसइइ तयारीमा रहेका विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयका प्रधानाध्यापकले अाफ्नाे र आफ्ना अभिभावकको सपना पूरा गर्नका साथै विद्यालयको इज्जत राख्नकालागि पनि भाइबहिनीहरूले एसइइ परीक्षा राम्रो गर्नुपर्ने र नराम्रो गर्ने छुटकसैलाई नभएको बताउनुभएको थियो। विद्यालयका सम्पूर्ण गतिविधिहरूको मुख्य केन्द्रको रूपमा अझैपनि एसइइ परीक्षाको रिजल्ट रहेको हुनाले भाइबहिनीहरूले परीक्षालाई गहनताका रुपमा लिई परीक्षा राम्रो गर्नुपर्ने उहाँको विशेष तर्क थियो।
नाचगान , गित संगित एवम् विद्यार्थीमा भएका कला समेत पस्कन सक्ने गरि सन्चालन भएकाे उक्त कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुलाई एसइइ परीक्षा राम्रो गर्न र अाफ्नाे भविष्य सुन्दर बनाउन बाकि समयकाे पनि भरपुर रुपमा उपयाेय गर्न कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष बासुदेव कडेंलले बालबालिकाहरुलाई सुझाउनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस