आज: २०८१ अषाढ ३१, आईतबार | Sun, 14, Jul, 2024

‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्बजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५२ पाठक संख्या
  • जेठ १९, २०८१
    काठमाडौँ । आगामी दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
    शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलाईरहेको देखाइएको छ ।
    साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् ।
    आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको फिल्मले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो फिल्मलाई दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति तय गरिएको छैन ।
    स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् । फिल्ममा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट