आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी ’सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ ५, बुधबार मा प्रकाशित २ साल अघि
  • ६९४ पाठक संख्या
  • आषाढ ५, २०८१
    काठमाष्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ ।
    सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ । ’साझँ पर्नु अघी ’
    राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑