Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

चितवन मिडटाउन रिसोर्टले शुरु गर्यो मनसुन अफर


  • आक्रमण न्युज
  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३७७ पाठक संख्या
  • आषाढ २०, २०८१
    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा रहेको थ्री स्टार मान्यता प्राप्त चितवन मिडटाउन रिसोर्ट (सिएमटी) ले पाहुना तथा पर्यटकको लागि मनसुन अफर शुरु गरेको छ । पर्यटकीय सिजन अफ भएसंँगै र भरतपुर भ्रमण बर्षलाई लक्षित गर्दै रिसोर्टले म्याजिक मनसुन अफर शुरु गरेको हो । रिसोर्टका अनुसार ९९९९ रुपैंयामा एकजोडीले तीन रात र चार दिन बिताउन पाउन सक्नेछन ।
    रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भरतपुर भ्रमण बर्ष र बर्षायामलाई लक्षित गर्दै मनसुन अफर शुरु गरिएको बताए । ‘यतिबेला बर्षायाम शुरु र पर्यटक कम हुने बेला हो , उनले भने, यसलाई नै मध्यनजर गरेर मनसुन छुट अफर दिएका हौं । शायद यो अफर चितवनका कुनै होटल रिसोर्टमा छैन ।’
    यो समय सभा सम्मेलन, बिहे पार्टी लगायतका गतिविधि कम हुने भएकोले पनि मनसुन अफर शुरु गरिएको घिमिरेको भनाई छ ।


    रिसोर्टले मकटेल र ककटेलमा समेत १५ प्रतिशत छुट अफर दिएको जनाएको छ । अघिल्लो महिनामा मात्रै रिसोर्टले थ्री स्टारको मान्यता प्राप्त गरेको थियो ।
    सम्भवत् चितवनमै सबैभन्दा धेरै व्यक्तिहरुलाई एकैपटकमा सेवा दिने गरी विभिन्न पेशा, व्यवसायहरुमा सम्लग्न व्यक्तिहरुको सामुहिक लगानीमा रहेको रिसोर्टलाई पाँचजनाको बोर्ड अफ डाइरेक्टरको टिमले सञ्चालन गरिरहेको प्रबन्ध निर्देशक घिमिरेले बताए ।
    दुई हजार जना भन्दा बढी व्यक्तिहरु अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, पाँचसय जना अट्ने २७९० स्क्वायर फिटको मिट हल, दुईसय जना अट्ने १ हजार ८सय ८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फेरेन्स हल र बिजनेश हलहरुबाट एकैपटकमा सेवा लिन सकिने रिसोर्टमा प्रत्यक्ष किचनको अनुभव लिई आफूलाई मन परेका खाजा, खानाको स्वाद लिने व्यवस्था समेत रहेको प्रबन्ध निर्देशक घिमिरेले जानकारी दिए ।
    रिसोर्टमा अत्यधुनिक सुविधा सम्पन्न ४५ वटा रुम रहेका छन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् ।
    रिसोर्टमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको रिसोर्टमा वाटर, लाइट र म्युजिक सहितको फाउन्टेन समेतको सुविधा रहेको छ भने अन्यत्र बास बसेका विदेशी पाहुनाहरुले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा रिसोर्टबाट सेवा लिदै आईरहेका छन् । महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको रिसोर्ट भरतपुर विमानास्थलबाट २ मिनेटको दुरीमा पुग्न सकिन्छ । रिसोर्ट परिसरमा इभी (इलेक्ट्रिक भेहिकल) गाडीहरुको लागि छुट्ट चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको रिसोर्टका महाप्रबन्धक रामकुमार बञ्जाराले जानकारी दिए । रिसोर्टले वातावरणीय प्रभावलाई महत्व दिंदै संयुक्त राष्ट्रसंघीय कार्यालयमा आवद्ध भएर कार्बन फुट प्रिन्टको पनि काम गरिरहेको छ ।
    आगामी दिनमा रिसोर्टले सौराहा र धुलिखेलमा रिसोर्ट विस्तार गर्न लागेको बञ्जाराले बताए । देशकै केन्द्रबिन्दु तथा चितवनकै मुटु हाकिमचोकमा रहेको सिएमटी रिसोर्ट जिल्लामा उत्कृष्ट रिसोर्ट मध्ये एक हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑