आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

हलमा लाग्नु अघि नै करोडौं कमायो श्रद्धा कपुरको ‘स्त्री २’


  • आक्रमण न्युज
  • २०८१ श्रावण ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ६९३ पाठक संख्या
  • श्रावण ३०, २०८१
    मुम्बई । मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।
    अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।
    चलचित्र आज राति ९ः३० बजे रिलिज हुनेछ । फर्स्ट डे फर्स्ट शो हेर्नको लागि मानिसहरु तयारीमा जुटेका छन् । स्त्री( २ को अग्रिम बुकिङ खुला भएको छ र यसको अग्रिम बुकिङ धमाधम भईरहेको छ । अग्रिम बुकिङमा यो फिल्मले खेल खेल्ने र वेदलाई पछि पारेको छ ।
    एक दिन अगाडी स्त्री २ रिलिज गरेर निर्माताहरुले यसअघि खेल खेलमा र वेदालाई स्त्री २ सँगै १५ अगस्टमा रिलिज गर्ने तयारी गरेका थिए । यी दुवै ठूला स्टारका फिल्म हुन् तर दुवैको बजेट ‘स्त्री २’ भन्दा निकै कम छ ।
    अग्रिम बुकिङमा करोडौं कमाइयो
    स्त्री( २ ले अग्रिम बुकिङ मार्फत करोडौं रुपैयाँ कमाएको छ । ‘स्त्री-२’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ । फिल्मको शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑