आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

गीतकार बालक गुरुङको ‘प्रिय प्रिया’ सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ५५१ पाठक संख्या
  • आश्विन १४, २०८१
    काठमाण्डौं । गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ ।
    यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सुन्न सकिन्छ । शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ ।
    यो गीतको स्टुडियो छायांकनसहितको भिडियो पनि सार्वजनिक भएको छ । गीत रचनाको क्षेत्रमा तीन दशकदेखि सक्रिय बालक गुरुङ पछिल्लो दुई दशकदेखि गीतको रुपमा परिचित हुनुहुन्छ । उहाँले रचना गरेका गीतहरूका तीन वटा एल्बम ‘स्टार, कर्म तथा सुर सुगन्ध सार्वजनिक भएका छन् ।
    उहाँले रचना गरेका कविताहरूको सङ्ग्रह ‘साथीलाई कविता’ तथा उपन्यास ‘ओइली झरेछ सयपत्री’ पनि सार्वजनिक पाठकमाझ आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट