आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ मंसिर ९, आईतबार मा प्रकाशित १ साल अघि
  • २४५ पाठक संख्या
  • मंसिर ९, २०८१
    काठमाण्डौं । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक पुर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा सस्कार र सस्कृतिलाई समेटिएको गायिकाले बताइन । गीतको भिडियोमा विल्सन विक्रम राई , एलिसा राई , सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट