आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

१० घण्टाको समयसंगै चितवनमा सकियो रविको बयान


  • आक्रमण न्युज
  • २०८१ मंसिर १९, बुधबार मा प्रकाशित १ साल अघि
  • २२७ पाठक संख्या
  • मंसिर १९, २०८१
    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको चितवनमा दुई दिन लगाएर बयान सकिएको छ ।
    आज कार्यालय समय खुलेसङ्गै प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालय पुर्याइएका लामिछानेको दोस्रो दिन १० घण्टासम्म बयान लिईएको चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए ।
    सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेलाई हिजो मात्रै काठमाडौंबाट ल्याइएको थियो ।
    उनलाई यहाँ ल्याउने बित्तिकै पहिलो दिन करिव ५ घण्टा बयान लिईएको थियो । दुई दिनमा रविलाई ७५ वटा प्रश्न गरेर बयान लिईएको स्रोतले जनाएको छ । लामिछानेको बयान सकिए पनि आज जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने छ ।
    लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट