भाद्र २१, २०८१
पर्सा । सनातन धर्मावलम्बी महिलाहरु आज शुक्रबार भाद्र शुक्ल तृतीया अर्थात् तीजका दिन उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ। गोकर्णेश्वर दिब्य धाम’ठोरीमा पनि तीजकोदिन आज महिला दिदीबहिनी हरुको बिहानै देखि भीडभाड बडीरहेको छ ।
दिब्य धाम क्षेत्रको संरक्षणमा जागे स्थानीय युवाहरु
ऐतिहासिक र धार्मिक महत्व बोकेको ठोरी गाउँपालिका वडा नं। ३ रामनगर स्थित ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र पर्याटकको गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको भएता पनि त्यस तर्फ हालसम्म कुनै निकायले उल्लेखनीय काम नगरेको भन्दै सो क्षेत्रका स्थानीय युवाहरूले ‘मैले नगरे कसले गर्छ रु’ भने अभियान सञ्चालन गरेका हुन् । बितेको साउन महिना देखि अभियान सञ्चालन भएको हो । अभियान सुरु भएसंगै सहयोगी हातहरू जुटन थालेका छन् । मैेले नगरे कसले गर्छ रु’ अभियान अन्तरगत हाल सम्मको करीब डेड महिनाको अवधिमा एक लाख रुपैयाँ बडी नगद सहयोग संकलन भइ सकेको अभियानका सदस्यहरूले बताएका छन् । हाल संकलित रकमले ’गोकर्णेश्वरर दिब्य धाम’ क्षेत्रमा अवस्थित जिर्णो अवस्थमा पुगेको शिव मन्दीरको जिर्णोद्वार गर्ने काम पहिलो प्रथमिकतामा रहेको अभियानका उपाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।
स्थानीय युवाहरूको सक्रियतालाई सम्मान र प्रोतसाहन गर्दै स्थानीय सरकार, ठोरी गाउँपालिकाले चालु आर्थिक बर्षमा थोरै भए पनि महत्वपुर्ण काम गर्ने तत्परता देखाएको छ । पालिकाले १०८ शिव लिंग र ११ फिटको शिवजीको मुर्ती स्थपना गर्ने कार्यक्रम रहेको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जनाएका छन् ।
दिब्य धाम क्षेत्रको संरक्षण, विकास र प्रचार(प्रसारका लागि चित्रप्रसाद न्यौपानेको अध्यक्षतामा विष्णुप्रसाद पाण्डे उपाध्यक्ष, शारदा अधिकारी कोषाध्यक्ष, कमल नारायण खडका सचिव एवं गिभिणा बस्नेत, नानीराम भूजेर र रामशरण दर्जी सदस्य रहेको सात सदस्यिय समिति गठन भएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र
धार्मिक तथा ऐतिहासिक महत्वको ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र ठोरी गाउँपालिकाको वडा नं। ३ रामनगरमा पर्छ । यो क्षेत्र भारतीय बाल्मिकी बाघ संरक्षण क्षेत्र, नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसंग जोडिएको छ ।
यस धामको पश्चिम तर्फ प्रसिद्ध सोहदरा माई, भगवान गौतम बुद्धले भिक्षाटन गरेको मानिएका भिखना ठोरी, सिता गुफा, हनुमान झुला, रामजन्म भूमि चितवनको अयोध्यपुरी, दशरथ ताल, पाण्डब गुफा, सुम्मेश्वर गढी र बालमीकी आश्रम अवस्थित छ । उत्तर तर्फ आदिवासी थारुका देवता महाराज चित्रशेनले तप गरेको वन, चित्रवन हाल चितवनको जंगल छ । सोही क्षेत्रमा विक्रम बाबाको मन्दिर हुँदै पवित्र देवघाट पुगिन्छ । बालमिकी आश्रम र देवघाट क्षेत्र गोकर्णेश्वर दिब्य धाम क्षेत्रबाट ६०(७० किलो मिटरको दुरीमा छ ।
यस धाम अवस्थित सुम्मेश्वर पर्वत माला समातेर करिब २० किलो मिटर उत्तर तर्फ प्रसिद्ध दुग्धेश्वर महादेव, रामभौरी भाठा पुगिन्छ भने पुर्व दक्षिण तर्फ लाटुमाई, जिराभवानीलगायतका धार्मिक शक्तिपीठहरू छन् ।
प्रतिक्रिया दिनुहोस