आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

इजरायली रक्षामन्त्रीद्वारा आफ्नै प्रधानमन्त्री नेतान्याहुको आलोचना


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५०० पाठक संख्या
  • एजेन्सी जेठ ३-, गाजामा गरिरहेको आक्रमणलाई लिएर इजरायली रक्षामन्त्री योव ग्यालेन्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गर्नुभएको छ । रक्षामन्त्री ग्यालेन्टले गाजामा युद्धपछि सरकारसँग के योजना छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पाउन नसकेको बताएका बीबीसीले जनाएको छ ।

    प्रधानमन्त्री नेतान्याहुले गाजामा सैन्य शासन नलगाउने विषय सार्वजनिक रूपमै घोषणा गर्नुपर्ने पनि रक्षामन्त्री ग्यालेन्टलेले बताउनुभएको छ । आफूले गएको अक्टोबरदेखि मन्त्रिपरिषद्को बैठकमा यस्तै प्रश्नहरू उठाउँदै आएको तर कुनै जवाफ नपाएको रक्षामन्त्रीले गुनासो गर्नुभएको खबरमा उल्लेख छ ।

    ‘युद्ध मन्त्रिपरिषद्’ का अर्का मन्त्री बेनी ग्यान्ट्ज पनि रक्षामन्त्री ग्यालन्टसँग सहमत हुनुभएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायलको आक्रमणबाट ३५ हजार जनाभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑