आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

दिल्लीको एक बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ३४९ पाठक संख्या
  • जेठ १३ एजेन्सी ,
    भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

    गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा ज्यान गएको र छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

    आगलागीका कारण अस्पताल नजिकैको भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट