आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

दिल्लीमा आगो लागेर नवजात शिशुले ज्यान गुमाएको अस्पताल अवैध रूपमा सञ्चालन


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • २७१ पाठक संख्या
  • एजेन्सी जेठ १५,
    भारतको राजधानी दिल्लीमा गएको शनिवार आगलागीबाट सात नवजात शिशुले ज्यान गुमाएको बाल अस्पताल अनुमतिविना नै अवैध रूपमा सञ्चालन भएको पाइएको छ । विवेक बिहार क्षेत्रमा रहेको बाल अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका डाक्टरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    अस्पतालका निर्देशक डा। नविन किची र डा। आकाश नामका व्यक्तिलाई ज्यान मार्ने उद्योग गरेको अभियोग छ । अनुसन्धानकै क्रममा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन स्रोत र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको फेला परेको छ ।

    अस्पतालको ुनो अब्जेक्सन सर्टिफिकेटु अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र गएको मार्च ३१ तारिखमा नै सकिएको प्रहरी अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । १५ मिटरभन्दा अग्ला अस्पताल भवनका लागि आगलागीसँग सम्बन्धित सुरक्षा मापदण्ड पूरा गरेको छ भनेर प्रमाणित गर्ने प्रमाणपत्र पनि चाहिन्छ ।

    आगलागी हुँदा अस्पतालमा भर्खर जन्मिएका १२ जना शिशु थिए । जीवित पाँच जना शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट