Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

पाकिस्तानलाई ६ रनले हराउदै भारतको जित


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ८०० पाठक संख्या
  • काठमाडौं । भारतले असम्भवलाई सम्भव बनाएको छ । अन्तिम दुई ओभरको चमत्कारले पाकिस्तानलाई ६ रनले हराएको छ । रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।पहिले ब्याटिङ गरेको भारतीय टोली १९ ओभरमा ११९ रनमा समेटिएको थियो । जवाफमा पाकिस्तानी टोली निकै बलियो स्थितिमा देखिएको थियो । एक समय १४ औं ओभरमा पाकिस्तानको स्कोर तीन विकेटमा ८० रन थियो । यसपछि खेल उलटफेर भयो ।
    रिजवान–शादाब बाहिरिय पछि पाकिस्तानका लागि मुस्किल सुरु भयो । जसप्रित बुमराह १९ औं ओभरमा बलिङ गर्न आए । जम्मा तीन रन दिएर इफ्तिखारको विकेट लिए । २० औं ओभरमा पाकिस्तानलाई जितका लागि १८ रन आवश्यक थियो । तर, अर्शदीपले मात्र ११ रन दिएर इमाद वासिमको विकेट लिए । यसरी टीम इन्डियाले असम्भवलाई सम्भवमा परिणत गर्‍यो। टीम इण्डियाको हार निश्चित देखिए पनि बुमराहअर्शदीप, सिराज र हार्दिकको तेज बलिङ क्वार्टरले भारतलाई जित दिलायो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑