
जेष्ठ ४, २०८१
घोराही । दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् ।
घोराही(तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं। ३(०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस